काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति प्रकाशित गर्दै संविधानको धारा ७६ को उपधारा ९ अनुसार सांसद श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेको जनाएको छ । मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने गरी उमेश श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरी…