काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा भएको मतदानमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेका हुन् । देउवाको पक्षमा १६५ मत आएको छ भने विपक्षमा ८३ मत मात्र परेको छ । तटस्थमा १ मत मात्र परेको छ । प्रतिनिधिसभाका हाल कायम रहेका २७१ सदस्यहरुमध्ये जम्मा २४९ मत खसेको थियो…