काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग वाईसीएलले एक लाख ६५ हजार सदस्य थप गर्ने भएको छ । वाईसीएलको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले चैत महिनाभर पुरानो सदस्यता नविकरण गर्दै प्रत्येक निर्वाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्य थप गर्ने निर्णय गरेको हो । बैठकले संगठनको विधान संशोधन गर्दै…