२४ आश्विन २०८३, शनिबार | October 10, 2026

एमालेमा ओली थप शक्तिशाली



काठमाडौं । सत्तारुढ एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली अझ शक्तिशाली बनेका छन ।

संसदीय दलको विधान संशोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई कुनै पनि सांसदले पार्टी हितविपरीत गतिवधि गरे ६ महिनासम्म निलम्बन गर्ने, समानुपातिक सांसद हेरफेर गर्न पाउने अधिकार दिइएको छ ।

निर्वाचन आयोग, अदालतलगायत संवैधानिक निकायमा पार्टीका तर्फबाट आधिकारिक पत्राचार गर्नेदेखि दलका उपनेता, राष्ट्रियसभामा दलका नेतालगायत चयन गर्नेसम्मको अधिकारसमेत दिइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय समिति बैठकले ओलीलाई यी अधिकार प्रत्यायोजनको निर्णय गरेको हो। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेता भने उक्त बैठकमा अनुपस्थित थिए । बैठकले वरिष्ठ नेता नेपालसहित उनी पक्षधर चार नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

पार्टीले समानान्तर गतिविधि नगर्न गरेको निर्देशनविपरीत चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला राखेर पार्टी हितविपरीतका गतिविधि गरेकामा स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेता प्रदीप ज्ञवालीले बताए ।

‘पार्टीले समानान्तर गतिविधि नगर्न उहाँहरूलाई आग्रह गरेको थियो । तर, उहाँहरूले भेला आयोजना गर्नुभयो । भेला गर्नु असाध्यै गम्भीर अनुशासनविपरीत काम हो । गम्भीर र अनुशासन विपरीतको भूमिकामा लाग्नुभएकामा माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय पार्टीले गरेको छ’, परराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले भने, ‘अन्य बाँकी साथीको हकमा गम्भीर आत्मसमीक्षासहित उहाँहरूलाई पार्टीमा फर्किन आग्रह गर्ने निर्णय भएको छ । उहाँहरू जो-जो त्यसरी फर्किनुहुन्छ, उहाँहरूको हकमा पार्टीले आवश्यक जिम्मेवारी दिने घोषणा अध्यक्षले गर्नुभएको छ ।’

अर्का वरिष्ठ नेता झलनाथ खनाल भने कारबाही प्रक्रियाबाट जोगिएका छन । नेत्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने विषयमा छलफल चलेको थियो । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : १७ बजे

नेपाली मौलिक स्वाद प्रवर्द्धन गर्न तेस्रो पक्कु फेस्टिभल हुँदै

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र आतिथ्य

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित

रामलीला मञ्चनको तयारी पूरा, आइताबार रातीबाट औपचारीक मञ्चन सुरु हुने

नेपालगन्ज । नेपालगन्जमा रामलीला महामहोत्सवको १५९औँ शृङ्खला आइतबारदेखि सञ्चालन हुने

कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको शुक्रबार सम्पन्न मतदानअन्तर्गत उपसभापति

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ ।बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु १० करोडको क्षति