काठमाडौं । नेकपा माओवादी केन्द्रले पुरानै संगठनलाई ब्युँताउने भएको छ । माओवादी केन्द्रको चार सदस्यीय कार्यदलको पहिलो बैठकमा पुरानै संगठनलाई ब्युँताउने बारेमा छलफल अघि बढेको हो । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा झण्डै चार घण्टा बसेको नयाँ परिस्थितिअनुसार सांगठनिक कामलाई पूर्णता दिन बनेको उक्त चार सदस्यीय कार्यदलको पहिलो बैठकमा कार्यदलका सदस्यहरुले संगठनात्मक क्षेत्रमा गर्नुपर्ने व्यवस्थापनका कामका…