काठमाडौं । कर्णाली प्रदेशका ४ जना सांसद् पूनर्वाहालीका विरुद्ध नेकपा (एमाले)ले दायर गरेको पुनरावेदन (भ्याकेट निवेदन) सर्वोच्च प्रशासनले दर्ता गरेको छ । पार्टीको निर्देशनविपरीत कर्णाली प्रदेशसभाका ४ जना सांसद्ले ‘फ्लोर क्रस’ गरेको भन्दै एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले पार्टीबाट निस्काशन गरेको थियो । सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको अस्तित्वलाई नै अस्वीकार गर्दै उनीहरुलाई पुनर्वाहाली गरिदिएको…