काठमाडौं । सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीशहरूले अदालतको अवहेलनाबारे सर्वोच्च अदालतलाई आफै उपस्थित भएर लिखित जवाफ दिएका छन्। पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीले सोमबार अदालतमा उपस्थित भएर लिखित जवाफ दिएका हुन्। उनीहरुले प्रतिनिधिसभा विघटनबारे जारी गरेको विज्ञप्तिमा आफूहरुको प्रतिवद्धता कायमै रहेको बताउँदै सो कदम गैरसंवैधानिक भएको पुनः स्पष्ट पारेका छन् ।…