काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ । सोमबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकलाई राजीनामा दिन सुझाव दिएको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भिजिट भिसा प्रकरणमा प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुने निस्कर्ष निकालेको बताए । बैठकले…