काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिकैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो साढे १ बजेबाट सुरु भएको हो । दिउँसो १ बजेबाट सुरु गर्ने भनिए पनि अध्यक्ष ओली अनुपस्थित भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा बैठक सुरु भएको हो…