१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

विशेष महाधिवेशन प्रस्ताव निष्क्रिय भएको भन्दै कांग्रेसद्वारा जिल्ला तहमा परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाखमा नियमित महाधिवेशन आयोजना गर्ने निर्णयसहित तल्ला तहका पार्टी निकायहरूलाई परिपत्र गरेको छ। कांग्रेसद्वारा जारी परिपत्रमा विशेष महाधिवेशनको प्रस्ताव निष्क्रिय भइसकेको जनाउँदै नियमित महाधिवेशन वैशाखमै हुने स्पष्ट गरिएको छ। परित्रपत्रमा फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउँदै पार्टीको पक्षमा बहुमत हासिल गर्न सबै तह र क्षेत्रबाट सक्रियता देखाउन आग्रह गरिएको…