काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई निरन्तरता दिने इच्छा पुरा नभएपनि सरकारले निवर्तमान अर्थमन्त्री डा.खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको हो । मन्त्रिस्तरीय सुविधा पाउनेगरी खतिवडालाई प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरेको…