७ पुस २०८२, सोमबार | December 22, 2025

प्राध्यापक आक्रमणको छानबिन गर्न नेवि सङ्घको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन्। “शान्तिपूर्ण आन्दोलनमार्फत वार्ताका माध्यमबाट गरिएको सहमति लागू नगर्ने प्रपञ्च रचेर पदाधिकारीको निर्देशनमा उपप्राध्यापकमाथि आक्रमण भएको हो”, ढुङ्गानाले आरोप लगाएका छन् ।…