१४ असार २०८३, आइतबार | June 28, 2026

अनसन अन्त्य गर्न डा. गोविन्द केसीलाई नेकपाको आग्रह



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) पार्टीले अनसनमा बसिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ ।

चिकित्सा क्षेत्रमा सुधारको लोकप्रिय माग राख्दै विगत २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न नेकपा सचिवालय बैठकले आग्रह गरेको हो

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टी सचिवालय बैठकले डा. केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनसन अन्त्य गर्न आग्रह गर्दै पत्र पठाएको जानकारी गराएका थिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘डाक्टर गोविन्द केसीलाई अनसन तोड्न सरकारले अपिल गर्न पत्र पठाएको बारेमा प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनुभयो ।’

सरकारले केसीका धेरै सम्झौता पुरा गरेको र केही कार्यान्यनका क्रममा रहेको प्रधानमन्त्रीले बताएका थिए ।

बैठकमा पार्टीको सांगठनिक एकताबारे छलफल भए पनि मन्त्रिपरिषद पुनर्गठनबारे छलफल नभएको श्रेष्ठले जानकारी दिए । तर संवैधानिक निकाषमा नियुक्तिका विषयमा भने छलफल भएको छ  ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : ०० बजे

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा