काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी कांग्रेसले अनुत्तरदायी कदम बताएको छ । सरकारले कसैलाई थाहा सम्म् नदिएर संसद अन्त्य गरेको भन्दै कांग्रेसले सबै दलसँग सल्लाह गरेर, संसदको बिजनेस सकिएपछि अधिवेशन अन्त्य गर्ने परम्परा सरकारले तोडेको स्पष्ट पारेको छ । सरकारले अकस्मात अधिवेशन अन्त्य गरेर संसदलाई कार्यकारीको लाचार छायाँमा परिणत गर्न…