काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको विषयमा ध्यानाकर्षण गराएको छ । कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचारप्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आज कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटगरी निर्वाचन आचारसंहिता पालना गराउन ध्यानाकर्षण गराएको हो । कांग्रेसले अझै केही राजनीतिक दलहरूले भौतिक चुनाव चिह्नको खुलेआम दुरुपयोग…