काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले थप दुई दिन म्याद दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले दुवै नेतामाथि जारी अनुसन्धानका लागि थप दुई दिनको समय उपलब्ध गराएको हो। सुनुवाइका क्रममा ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइएको…