काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि पहिलो पटक सानेपा पुगेर सम्बोधन गरेका छन् । जेन–जी आन्दोलनका क्रममा आफ्नै बूढानीलकण्ठस्थित निवासमा आक्रमण र कुटपिटमा परेका देउवाले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा लिखित सम्बोधन गर्दै तत्काल सभापति पद नछाड्ने घोषणा गरेका हुन् ।…