काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको भन्दै सबै पक्षलाई धन्यवाद व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचन तमाम आशंकालाई चिर्दै सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरेका छन्। उनले निर्वाचन सम्पन्न…