काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनपछि उक्त भवन भत्काउने प्रक्रिया तत्कालका लागि स्थगित गरिएको हो। देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा मुद्दा चलाउने तयारी भइरहेका कारण अनुसन्धानमा आवश्यक प्रमाण सुरक्षित राख्न प्रशासनले भवन भत्काउन रोक लगाएको जनाएको छ। प्रमाण नष्ट हुनसक्ने आशंकालाई मध्यनजर गर्दै…