काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । पार्टीको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले पछिल्लो राजनीतिक अवस्था, समान विचारधारा भएका विभिन्न दलहरूसँगको एकतालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन, कार्यदिशा र आन्तरिक विवाद समाधानका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिने उनले बताए।…