२८ कार्तिक २०८२, शुक्रबार | November 15, 2025

अध्यक्ष ओलीको स्वास्थ्य सुधारपछि एमाले सचिवालय बैठक पुनः सुरू



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज पुनः सुरू भएको छ।

अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बैठक बस्दै नबसी स्थगित भएको थियो । दुई दिनअघि, अर्थात् शुक्रबारदेखि सुरू भएको बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थामाथि विषय प्रवेश गर्दै संसद पुनःस्थापनाको प्रस्ताव राखेका थिए। सो प्रस्तावमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव र उपमहासचिवसम्मका नेताहरूले धारणा राखेका थिए। जसमध्ये महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले ओलीको प्रस्तावको समर्थन गरेका थिए।

तर वरिष्ठ उपाध्यक्षसहित अधिकांश उपाध्यक्षहरुले पार्टी पुनर्गठनको आवश्यकता औंल्याउँदै नयाँ ढंगबाट संगठन पुनर्संरचना गर्नुपर्ने धारणा राखेका थिए। उनीहरुले अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने र नयाँ नेतृत्वका लागि बाटो खुला गर्नुपर्ने सुझाव दिएका थिए ।

आजको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल र लेखराज भट्टलगायतका नेताहरूले धारणा राख्ने कार्यक्रम छ।

बैठकले २९गतेदेखि बस्ने केन्द्रीय कमिटीको एजेण्डा पनि तय गर्नेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १२ : ४९ बजे

स्वदेश फर्किए देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट काठमाडौँ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै