९ पुस २०८२, बुधबार | December 24, 2025

कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । रवि लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज भएपछि सो क्षेत्र रिक्त हुन पुगेको हो । गत मंसिरमा भएको निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित लामिछानेको प्रतिनिनधिसभा सदस्य पद खारेज भएपछि आगामी १० वैशाखमा उपनिर्वाचन हुन लागेको हो…