काठमाडौं । नयाँ मन्त्रीहरुको शपथ दिउँसो ३ बजे हुनेभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता पछि शपथग्रहणको समय निश्चित भएको हो । मन्त्रिपरिषद्को विस्तार गर्न लागेका प्रधानमन्त्री प्रचण्डले आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको…