काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लोकतान्त्रिक समाजवादी अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका अध्यक्ष ठाकुर र प्रधानमन्त्री प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । भावी राष्ट्रपतिले राजनीति गर्माएका बेला अध्यक्ष ठाकुर बालुवाटार पुगेका हुन् । लोसपाका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लासहित बालुवाटार…