काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी पार्टी एकता गर्ने सहमति भएको छ । घिसिङ रास्वपाको उपसभापतिसहित दोस्रो वरीयतामा रहने गरि सहमति भएको हो । घिसिङको सचिवालयका अनुसार १६ प्रतिशत बढी समानुपातिकको हिस्सा लिने गरी सोमबार रास्वपा सभापति रवि लामिछाने र घिसिङबीच सहमति भएको हो ।…