काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्यमान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहलगायत कुनैपनि विधेयक सदनमा पेस नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाउनुभएका प्रश्नको जवाफ दिँदै उनले सामाजिक व्यवस्था खलल गर्नेगरी कानुन निर्माण गर्न कोही पनि सहभागी…