८ पुस २०८२, मंगलबार | December 23, 2025

मत संकेत सार्वजनिक गरेको भन्दै आयोगले सोध्यो बाबुरामलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । भट्टराईले गोरखाको पालुङटार नगरपालिका १ अन्नपूर्ण मावि मतदान केन्द्रबाट आफुले छाता चिन्हमा गरेको मतसंकेतसहितको मतपत्र सार्वजनिक गरेका थिए । त्यसलगत्तै सबैतिरबाट आलोचना हुनथालेपछि भट्टराईले गोप्य मतदानप्रति असहमति जनाउँदै गोप्य मतदान भन्ने कुनै सिद्धान्त नभएको जिकिर गरेका थिए…