बुटवल । स्थानीयबासीको चर्को विरोधकाबीच अर्थमन्त्री विष्णु पौडेलले मोतिपुर औधोगिक कोरिडोरको शिलान्यास गरेर भाषण गरिरहँदा स्थानीयले माईकको लाईन काटिदिएपछि पौडेल बिचमै सम्बोधन छाडेर निस्केका छन् । स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र बैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गरेको कोरिडोर क्षेत्रमा भएको झडपमा कम्तीमा १० जना स्थानीय प्रदर्शनकारी र १ जना शसस्त्र प्रहरी…