बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड भलिबल कपमा विहिबार क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । प्रतियोगितामा नवलपुर, गुल्मी, पर्वत र स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेका छन् । मणिमुकन्द भलिबल क्लबको आयोजना तिलोत्तमा-२ मा अवस्थित क्लबको मैदानमा विहिबार भएको प्रतियोयगिताको पहिलो क्वाटरफाइनल खेलमा नवलपुरले रुपन्देहीलाई ३-१ को सेटमा जित दर्ता गरेको हो ।…