१४ बैशाख २०८३, सोमबार | April 27, 2026

नेपाल प्रहरीलाई स्तब्ध पार्दै मनाङ मस्र्याङदी २२ औँ तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा प्रवेश



बुटवल । विभागिय टोली नेपाल प्रहरीलाई स्तब्ध पार्दै मनाङ मस्र्याङदी क्लब बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा पुगेको छ ।

शनिबारदेखी बुटवलमा शुरु भएको २२ औं तिलोत्तमा गोल्डकपको अन्तिम क्वाटर फाईनल खेलमा मनाङ मस्र्याङदीले २-१ गोल अन्तरले नेपाल प्रहरीलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

पहिलो हाफ सकिदा मनाङ मस्र्याङदी क्लब २ गोल गरेपनि दोस्रो हाफमा नेपाल पुलिस क्लबले १ गोल गर्दै खेललाई २-१ को स्थितीमा पुराएको थियो ।

शुरुवाती देखि नै दबाबमा रहेको नेपाल पुलिसले एक गोल फर्काएपनी जितको लागि पर्याप्त भएन । खेलमा पहिलो हाफको ३२ औं मिनेटमा मनाङ मस्र्याङदी प्रसन्न श्रेष्ठले पहिलो गोल गर्न सफल भएका थिए भने पहिलो हाफको इन्जुरी समयमा मनाङ मस्र्याङदीका चेतन कुमार थारुले रिवाउन्ड सटमा दोस्रो गोल गर्न सफल भएका थिए । मनाङ मस्र्याङदीका अनिश पोमु लिम्बू र कप्तान जीवन गुरुङले पहेँलो कार्ड पाएका थिए ।

नेपाल पुलिसका लागि १८ ह्यार्ड टाढाबाट प्रहार गर्दै बुद्धबल तामाङले एक गोल फर्काएका थिए । उनले दोस्रो हाफको १६ औं मिनेटमा गोल गरेका थिए । नेपाल पुलिसका मनोज राई र कृष्ण गुरुङले पहेँलो कार्ड पाएका थिए।

खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत हुँदै मनाङ मस्र्याङदीका चेतन कुमार थारुले ११ हजार १ सय ११ रुपैयाँ, यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरेका थिए ।

यो संगै भोलीदेखी सेमिफाईनलको खेलहरु सुरु हुनेछन । सेमिफाईनलको पहिलो खेल आयोजक रुपन्देही ११ लाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको सुदुरपश्चिम ११ र हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको थ्री स्टार क्लब बिच भोली खेल हुनेछ ।

त्यस्तै विभागिय टोली सशस्त्र प्रहरी बल ९एपिएफ० पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको फ्रेण्डस क्लब र आज नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको मनाङ मस्र्याङदी क्लब बिचको सेमिफाईनल खेल पर्सि हुनेछ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ ।

गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ६ : २२ बजे

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्रमा तारबार गर्न कार्यबहाक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुम्बासी बस्ती

सात वर्षीय बालकले राखे थोरङ्लापास पारको कीर्तिमान

पोखरा ।  ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्