१३ श्रावण २०८३, बुधबार | July 29, 2026

एपिएफलाई पराजित गर्दै फ्रेण्डस क्लब २२ औं तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा प्रवेश



बुटवल । विभागिय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई स्तब्ध पार्दै फ्रेण्डस क्लब बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा पुगेको छ । शनिबारदेखी शुरु भएको गोल्डकपको तेस्रो खेलमा फ्रेण्डस क्लव ले २-१ गोल अन्तरले एपिएफलाई पराजित गरेको हो ।

निकै प्रतिष्प्रर्धात्मक भएको खेलमा २-० को अन्तर भोगिरहेको एपिएफले एक गोल गरपनि जितको लागि पर्याप्त भएन् ।

फ्रेण्डसको तर्फबाट खेलको दोस्रो हाफको ८ औं मिनेटमा डोना थापा र दोस्रो हाफको ३७ औं मिनेटमा विदेशी खेलाडी राफिक अमिनले एक एक गोल गरेका थिए । एपिएफको तर्फबाट ९० मिनेट पछिको ईन्जुरी समयमा प्रबिनले गोल गरेपनि खेलमा फर्किन भने सकेनन् ।

खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत हुँदै फ्रेण्डस क्लबका राफिया एमाण्डुले ११ हजार १ सय ११ रुपैयाँ, यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरेका थिए ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ ।

गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ६ : ५७ बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला