काठमाडौं । काठमाडौं रेजर्स नेपाल सुपर लिगको पहिलो च्याम्पियन बनेको छ । नेपालमै पहिलोपटक आयोजना भएको फ्रेन्चाइज फुटबल सुपर लिगमा शनिबार त्रिपुरेश्वरको दशरथ रंगशालामा धनगढी एफसीमाथि १-० को कठिन जित हात पार्दै काठमाडौं लिगको विजेता बनेको हो । काठमाडौंलाई जित दिलाउने क्रममा मेसुके ओलोमोउले निर्णायक गोल गरे । उनले पहिलो हाफको २१औं मिनेटमा विश्वास श्रेष्ठको…