काठमाडौं । स्टार फरवार्ड किलियन एम्बाप्पेको दुई गोलको प्रेरणामा फ्रान्सले स्विडेनलाई ३-० ले पराजित गर्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रंगशालामा सम्पन्न अन्तिम ३२ को खेलमा फ्रान्सले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै स्विडेनमाथि सहज जित दर्ता गरेको हो । अब फ्रान्सले अन्तिम १६ मा पाराग्वेसँग…