४ श्रावण २०८३, सोमबार | July 20, 2026

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ । एस्टाडियो मोन्टेरे स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै दक्षिण अफ्रिका समूह उपविजेता बन्न सफल भएको हो । खेल सकिएलगत्तै दक्षिण अफ्रिकी खेलाडी तथा समर्थकहरूले मैदानमै उत्साहपूर्वक खुसीयाली मनाएका थिए…