बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय छात्र भलिबल प्रतियोगिता-२०८२’ आयोजना हुने भएको छ । न्यू होराइजन स्पोर्ट्स क्लब, बुटवलको आयोजनामा माघ १५ गतेदेखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । आयोजक क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा रुपन्देही जिल्लाका १६ वटा विद्यालय टिमको सहभागिता रहने जानकारी दिएको छ ।…