काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीलाई आजै अनुमोदन गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको आज बसेको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो । यसअघि आजै बसेको माओवादीका शीर्ष नेताको बैठकले पनि एमसीसीमा आफुहरुले उठाउँदै आएका मागलाई ब्याख्यात्मक घोषणा गर्दै अनुमोदनमा सघाउने निर्णय गरेको थियो । बैठकमा सहभागी…