काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् । पाण्डे र भट्टराई कोरोना भाइरसको कन्ट्रयाक्ट ट्रेसिङमा परेका कारण बैठकमा अनुपस्थित भएको बताइएको छ । पार्टीका उपाध्यक्ष भीम रावलसहित अन्य ७७ जना नेताहरु बैठकमा उपस्थित छन्…