काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर वृद्धि गर्नु चुनौतीपूर्ण भए पनि अनिवार्य रहेको बताएका छन् । वानेश्वर बहुमुखी क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रममा सहभागी भई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्नुपर्नेमा जोड दिए । उनले शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्ने आफ्नो चाहना रहेकाले त्यसमा…