काठमाडौं । सांसदपदबाट सामुहिक राजीनामाको तयारी गरिरहेको नेकपा एमालेको नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्न लागेको छ । अन्तिम समयसम्म पार्टीलाई २ जेठ २०७५को अवस्थामा फर्काउन पहल गर्ने, त्यसलाई अस्वीकार गरिए सामुहिक राजीनामा दिने तयारी गरिरहेको नेपाल-खनाल पक्षले राजीनामाबारे थप छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो । स्थायी कमिटी बैठकमा राजीनामा दिने परिस्थिति आइसकेको…