काठमाडौं । सांसद पद गुम्नेगरी माओवादी केन्द्रले आफुमाथि गरेको कारवाही प्रतिगामी भएको शहरी विकासमन्त्री प्रभु साहले आरोप लगाएका छन् । मन्त्री साहले सामाजिक सञ्जालमार्फत टिप्पणी लेख्दै आफूलाई सांसद पदबाट हटाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णय निरंकुश कदम भएको आरोप लगाएका हुन्। मन्त्री साहले प्रचण्डको निर्णय लोकतन्त्रको उपहास र निरंकुशताको पराकाष्ठा भएको जिकिर…