२२ असार २०८३, सोमबार | July 6, 2026

प्रधानन्यायाधीसले दिउँसो १:३० बजे बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीस पनि सहभागी हुने



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीसहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीस तेजबहादुर केसीका अनुसार दिउँसो साढे १ बजेका लागि बैठकको समय तय भएको छ ।

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ । यसअघि प्रधानन्यायाधीस जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीस पनि सो बैठकमा सहभागी हुने भएका छन् ।

प्रधानन्यायाधीसले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् ।

नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ११ : ५४ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ