काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूका पिएसओ फिर्ता गरेको छ । राप्राका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता भएका हुन्। संसद भवनमा संचारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरूको सुरक्षा फिर्ता भएको बताए । उनले भने, ‘किन पिएसओ फिर्ता गरिएको हो थाहा भएन ।’