२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

सत्तारुढ ३ विद्यार्थी संगठनको आरोप – ओली सरकारकै दुस्साहसका कारण मोतिपुर रणमैदान बन्यो

काठमाडौं । सत्ता गठबन्धनका दलहरु निकट तीन विद्यार्थी संगठनले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटना पूर्ववर्ती सरकारको गलत रवैयाका कारण भएको आरोप लगाएका छन् । अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै मोतिपुर घटनाको दोषी तत्कालीन सरकार भएको निष्कर्ष दाबी गरेका…