९ बैशाख २०८३, बुधबार | April 22, 2026

ताजा जनादेशमा जानु बाध्यकारी विकल्प : गृहमन्त्री पौडेल

बुटवल । संसद विघटन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी रहँदा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले संवैधानिक व्यवस्थाअनुसार नै संसद विघटन गरी निर्वाचनको मिति तोकिएको बताएर प्रधानमन्त्री केपी ओलीको संसद विघटनको निर्णयको बचाउ गरेका छन् । शनिबार बुटवलमा कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देस्यीय आयोजना कार्यालयको उद्घाटन गर्दै पौडेलले बाध्यकारी अवस्थामा संसद विघटन गर्नु परेको बताए ।…