२१ असार २०८३, आइतबार | July 5, 2026

सशक्त कम्युनिष्ट धारको नेतृत्व एकीकृत समाजवादीले गर्छ : उपाध्यक्ष पाण्डे



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले सशक्त कम्युनिष्ट धारको नेतृत्व गर्ने दाबी गरेकाछन् ।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भू वडा कमिटीले दसैं तिहारलगायत विभिन्न पर्वका अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष पाण्डेले लोकतान्त्रिक मूल्य मान्यताका आधारमा सामूहिक निर्णय गरिने बताए ।

पाण्डेले कम्युनिष्ट पार्टीमा व्यक्ति पूजाको सुरुआत भएकामा चिन्ता व्यक्त गर्दै एकीकृत समाजवादीमा सबै सदस्यको समान हैसियत हुने र आवश्यकताअनुसार जिम्मेवारी फरक फरक हुने बताए । उनले मुलुकमा निरङ्कुशता विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

सो पार्टीका सचिव जीवनराम श्रेष्ठले एमालेमा एकल नेतृत्व हाबी भएकाले आफूहरुले अन्तरसङ्घर्ष गरी त्यसलाई सच्याउन खोजेको भए पनि नेतृत्व तयार नभएपछि पार्टीमा विद्रोह गरी नयाँ कम्युनिष्ट पार्टी स्थापना गरिएको बताए । श्रेष्ठले कम्युनिष्ट विचारलाई एकीकृत समाजवादीले मात्र अवलम्बन गरेको दाबी गरे ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले संसद् पटकपटक विघटन भएकाले संसद् विकास कोषबाट वडामा आउने सहयोगमा असर पुगेको बताउँदै यसले जनहितमा कार्य गर्न नसकिएको तथा स्थानीय विकासमा समस्या आएको स्पष्ट पार ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ४ : ४४ बजे

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर