बुटवल । सर्वोच्च आदालले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेको खुसीयालीमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षले बुटवलमा विजय जुलुस निकालेको छ। बुटवलको राजमार्ग चौराहबाट सुरु भएको बाजागाजा सहितको विजय जुलुसले नगरपरिक्रमा गरेपछि ट्राफिक चौकमा पुगेर कोण सभा समेत गरेको छ । कोणसभालाई नेकपा रुपन्देहीका अध्यक्ष राजु गुरुङ, केन्द्रीय सदस्य बामदेव क्षेत्री लगायतका वक्ताले सम्बोधन गरेका…