काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि सरकारले एमाले सम्वादबाट भाग्न खोजेको टिप्पणी गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सर्वदलीय बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल संवाद् र वार्ताबाट भाग्न खोजेको बताए । कार्कीले मुलुककको आवश्यकता सहमति र सहकार्य भएको बताउँदै भने, ‘उहाँहरु उहाँहरु…