१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

गलत निर्वाचन प्रणालीकै कारण जनताका असली प्रतिनिधि निर्णायक स्थानमा पुग्न सकेनन् : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपालमा कायम रहेको गलत निर्वाचन प्रणालीका कारण जनताका प्रतिनिधिले कहिल्यै निर्वाचन जित्न नसक्ने अवस्था आएको बताएका छन् ।

पार्टीसम्बद्ध अखिल (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनलाई सम्बाधेन गर्दै अध्यक्ष प्रचण्डले गलत निर्वाचन प्रणालीका कारण जनताका प्रतिनिधिले निर्वाचन जित्नै नसक्ने अवस्था आएको बताए । उनले कायम रहेको निर्वाचन प्रणालीलाई परिवर्तन नगरि जनताका प्रतिनिधि सत्तामा जानै नसक्ने ठोकुवा गर्दै नेपालमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको बताए ।

प्रचण्डले माओवादीले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनको एजेण्डा उल्ट्याउने उद्देश्यले प्रतिनिधिसभा विघटन गरिएको उल्लेख गर्दै माओवादीलाई घेरा हाल्ने र सकाउने रणनीतिअनुसार नै प्रतिनिधिसभा विघटन गरिएको दाबी गरे । ‘माओवादी रहँदासम्म परिवर्तनका एजेण्डा कायमै रहन्छ भन्ने भयका कारण प्रतिनिधिसभा विघटन गरिएको हो ।’ उनले भने ।

उनले सानोतिनो सुधारले मात्रै समाजवादी क्रान्ति सम्पन्न नहुने उल्लेख गर्दै समाजवादी क्रान्ति र रुपान्तरणका लागि ठूलै छलाङ मार्नुपर्ने बताए । ‘समाजवादी क्रान्तिको निम्ती एउटा नयाँ रुपान्तरणको निम्ती सानोतिनो सुधारको तरिकाले हुदैन । राम्रै छलाङ हान्नुपर्ने स्थिति छ ।’ प्रचण्डले भने, -‘विद्यार्थीहरुको यो सम्मेलन त्यो दिशातिर जाने पाइला हुनसक्छ ।’ उनले विचारको राजनीतिलाई विकसित गर्दै अघि बढ्नुपर्ने भन्दै उनले क्रान्तिकारीका लागि यो अन्तिम अवसर पनि हुनसक्ने बताए ।

क्रान्ति नछाड्ने सङ्कल्पसहित आफूहरु आन्दोलनमा उत्रिएका कारण प्रतिगमन परास्त भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधान विरोधी गतिविधि परास्त भएको उल्लेख गरे ।

पार्टीका कार्यकर्ता नबिग्रिएको तर शीर्ष स्थानमा रहेका नेतामा नै समस्या रहेको भन्दै अध्यक्ष दाहालले अब नयाँ सङ्कल्पसहित विगतको गलत अभ्यासबाट मुक्त भएर अगाडि बढ्ने सङ्कल्प आफूहरुले गरेको बताए ।

माओवादी पनि अन्य राजनीतिक दल जस्तै भएको हो कि भने जस्तो भएको भन्दै अध्यक्ष प्रचण्डले पार्टी भित्र मन्त्री पाइएन, पद पाइएन भनेर रुवाबासी गर्ने प्रतिस्पर्धा चलेकामा गुनासो गरे । उनले अब पार्टीको केन्द्रीय समितिमा २० प्रतिशत युवालाई सहभागी गराएरै छाड्ने दृढता व्यक्त गरे ।

घाइते, बेपत्ता परिवार तथा शहीद परिवारलाई राहत दिने विषयमा गठबन्धनमा छलफल भएको र साझा कार्यक्रममा समेटिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ८ : ३८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम