काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समाजमा उत्तेजना फैलाउने अभिव्यक्ति नदिन सचेत गराएको छ । प्रधानमन्त्री ओलीले हिजो जेठ १५ गते काठमाडौंमा एमालेको नियन्त्रण हुनुपर्छ भन्दै दिएको अभिव्यक्ति चिन्ताजनक रहेको उल्लेख गर्दै आयोगले त्यस्ता उत्तेजित अभिव्यक्ति नदिन भनेको हो । सोमबार आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका…