बुटवल । नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले माओवादी जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । बुटवलमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै नेता पुनले ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ र जनयुद्धमा लागेकालाई ‘बाँदर’ को संज्ञा दिएकामा पुनले आपत्ति जनाएका हुन् । पूर्वमाओवादीकै कारण ओली दुईपटकसम्म प्रधानमन्त्री भएको…